शुक्रबार, चैत १६, २०८०

अवैध लागूऔषधसहित पक्राउ

नेपालखोज २०७७ फागुन ११ गते १४:५३


काठमाडौं । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकबाट १३.५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका ३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।


मोरङको बिराटनगर महानगरपालिका १६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको हो ।


सुनसरीको ईटहरी उपमहानगरपालिका ११ खनारबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ सिमरवना बस्ने २२ वर्षीय मिथिलेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै फरार रहेका मोरङ बस्ने २७ वर्षीय श्री चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।


महोत्तरीको जलेश्वर नगरपालिका ३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेका छन् । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया