बिहीबार, वैशाख ६, २०८१

पूर्वसांसद् एकनाथ रानाभाटको देवघाटमा अन्त्येष्टि

नेपालखोज २०७७ फागुन ११ गते १५:०१

काठमाडौं । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा मंगलबार अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।

रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनको अन्त्येष्टिमा देवघाटमा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति रहेको थियो ।

अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उनी २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मिएका उनी कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा कार्य गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । (रासस)

प्रतिक्रिया