शुक्रबार, वैशाख १४, २०८१

ओलीको स्वेच्छाचारिता अन्त्यका लागि चुनाव आवश्यक : थापा

नेपालखोज २०७७ फागुन ११ गते १५:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्यका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् । मंगलबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।

‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट छैन । कांग्रेसले सत्ताको लोभ देखायो भने जनताको नजरबाट खस्नेछ,’ उनले भने–‘संसद् विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिर्छ । राजनीतिक रुपमा शान्ति र स्थिरताका लागि चुनाव बेश हुन्छ ।’

थापाले निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकाले सबै उदार ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया