प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला,१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
नेपालखोज
२०७७ फागुन ११ गते १८:३३

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गरेको हो ।
गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।
त्यस्तै, सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया