कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ : कांग्रेस सभापति देउवा
नेपालखोज
२०७७ फागुन ११ गते १९:५०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् ।
मङ्गलवार अदालतको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । त्यहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ ।’
साथै देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो नै सर्वोच्च अदालत भएको बताएका छन् । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया