चुनावसम्बन्धी सबै प्रक्रिया निर्वाचन आयोगद्वारा स्थगित

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनसम्बन्धी सबै प्रक्रिया स्थगित गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै निर्वाचन नहुने पक्का भएको र चुनावसम्बन्धी सबै प्रक्रिया यहीबाट स्थगित हुने बताएका हुन् ।
अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि निर्वाचन नहुने पक्का भएको भन्दै उनले भने–‘आयोगले निर्वाचनको तयारी गरेको हो । निर्वाचन नै नहुने भएपछि यो विन्दूबाट अगाडि बढिरहनु परेन ।’
निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक ठूलो कुनै पनि खर्च नरहेको उनको भनाइ छ ।
‘निर्वाचनका लागि प्रयोग हुने सामग्रीको सूचना निकालिएको हो, त्यसको खर्च गरिसकेका छैनौं । जिल्लाहरूलाई सामान्य सवारीसधान मर्मत, इन्धन, कार्यालयल समाधन सम्बन्धमा पठाइएको हो । त्यो चाहीँ निर्वाचन भए पनि खर्च हुने, नभए पनि खर्च हुने हो,’ उनले भने ।
प्रतिक्रिया