डा. गोविन्द केसीको सत्याग्रह स्थगित (विज्ञप्तिसहित)
काठमाडौं । डा. गोविन्द केसीले आज (बुधबार)देखि गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् । डा. केसीले प्रेस विज्ञप्ति जारी गरेर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले सत्याग्रह स्थगित गरेको स्पष्ट पारेका छन् ।
विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर जारी रहने केसीले स्पष्ट पारेका छन् ।
प्रेस विज्ञप्ति
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको छ । देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही थियो ।
तर, प्रतिनिधिसभा पुनः स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौ । अज जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बन्ने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकराको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन ,। पछिल्लो तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्यासम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।
खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए, ती तत्काल सचिन्नुपर्छ । सवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मूल्य चुकाउनुपर्छ भन्ने त यस अगाडि लोकमानन सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं । ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाटट योग्उ व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं र जति सम्झौता हामीसित राज्यले गरेको छ, ती सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य बन्ने कुरा नेकपा र नेपाली का.ग्रेसलगायत सबै प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँछौ । २०५२ सालपछिको अवधिमा सांसद् किनबेचसहित विकृत गठबन्धन राजनीतिकको जस्तो अभ्यास भयो, त्यो अब कुनै पनि हालतमा दोहोरिनु हुँदैन । अब जुनसुकै सरकार आएपनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झौन्छौ ।
तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं । तर, हामीसित विगतमा भएका सम्झौतहरु कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं ।
डा. गोविन्द केसी
काठमाडौं
२०७७ फागुन १२
प्रतिक्रिया