शुक्रबार, वैशाख १४, २०८१

प्रचण्ड-माधव र जसपाबीच सत्ता साझेदारीको विषयमा छलफल हुँदै

नेपालखोज २०७७ फागुन १३ गते ९:४१

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले आज जनता समाजवादी पार्टी जसपासँग सत्ता साझेदारीको विषयमा छलफल गर्ने तयारी गरेको छ ।

छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले जसपाका नेताहरुलाई केन्द्रिय कार्यलय पेरिसडाँडामा बोलाएको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

झाकाअनुसार छलफलमा पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जाँदै छन् । बैठक साढे ९ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि प्रचण्ड–माधव समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तिब्र पारेको छ ।

जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

प्रतिक्रिया