बुधबार, वैशाख १२, २०८१

च्याम्पियन्स लिगमा रियल र सिटीको जित

नेपालखोज २०७७ फागुन १३ गते १०:३५

काठमाडौं । युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । रियल मड्रिडले एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो । उसले एटलान्टालाई १-० गोल अन्तरले हरायो । रियलको जितमा फेरल्याण्ड मेण्डीले गरेको खेलको ८६औ मिनेटको गोल नै निर्णायक गोल बनेको थियो ।

यस खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो । अब दुवै बीच दोस्रो लिग मार्च १७ मा हुदैछ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाचलाई हराएको छ । सिटीले बोरुसियालाई २-० गोलले हराएको हो । सिटीलाई जिताउन बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे ।

प्रतिक्रिया