बिहीबार, वैशाख १३, २०८१

म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेग्लाग्बालाई २-० ले गर्यो पराजित

नेपालखोज २०७७ फागुन १३ गते ११:३०


म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेग्लाग्बालाई २-० ले पराजित गरेको छ ।

सवै प्रतिस्पर्धामा गरी लगातार १९ खेल जितेपछि पनि सिटी प्रशिक्षक पेप ग्वार्डिवालाले भने अझ सशक्त हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

२९ औं मिनेटमा बर्नान्डो सिल्भाले आकर्षक हेडर गोल गर्दै आफ्नो टोलीलाई एक शून्यको अग्रता दिलाएका थिए । वर्नान्डोको सवै प्रतिस्पर्धामा गरी सिटीका लागि यो ३५ गोल हो । तर हेड मार्फत भने उनको यो केवल तेस्रो हो ।

६५ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेपछि दुइ शून्यले अघि रहेको सिटी विरुध्द मोन्चेग्लाग्बाले पुनरागमन गर्न सकेन ।

प्रतिक्रिया