बिहीबार, वैशाख १३, २०८१

ग्वार्कोमा रहेको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी प्रणाली जडान

नेपालखोज २०७७ फागुन १३ गते ११:३७

ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत ग्वार्कोमा रहेको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी प्रणाली जडान गरिएको छ । कुमारी बैंकले उक्त स्थानमा क्यूआर सेवाको सुरुवात गरेको हो ।

योसँगै अब उक्त स्थानमा तरकारी तथा फलफूल किन्दा पैसा बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । क्यूआर प्रणाली सेवाको सुरुवात बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

पछिल्लो समय क्यूआर भुक्तानीले प्राथामिकता पाइरहेको छ । राष्ट्र बैंकले पनि क्यूआर भुक्तानीलाई अहिले सबैभन्दा महत्वका साथ लिएको देखिन्छ ।

प्रतिक्रिया