शुक्रबार, चैत १६, २०८०

भागरथी हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा, डीआइजीसहित पाँच पुरस्कृत

नेपालखोज २०७७ फागुन १३ गते १३:१९

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका दुई प्रहरी बढुवा भएका छन् ।

भागरथी घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो ।

बढुवा भएका दुबै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । यस्तै, भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरूलाई प्रहरी प्रधान कार्यलयले पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन् ।

प्रतिक्रिया