बिहीबार, वैशाख १३, २०८१

उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ फागुन १३ गते १३:३५

काठमाडौं । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्योग भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया