बिहीबार, वैशाख १३, २०८१

स्रोत नखुलेको २५ लाखसहित दुई भारतीय नागरिक पक्राउ

नेपालखोज २०७७ फागुन १३ गते १३:४६

वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारण ग्राम पञ्चायत–७ नरकटियाका ३५ वर्षे चन्द्रशेखर प्रसाद र मोटरसाइकलमा पछाडी सवार ३८ वर्षका संजय कुमार रहेको बारा प्रहरीले जानकारी दिएको छ ।

कलैया उपमहानगरपालिका–८ बरेवा स्थित कलैया–मटिअर्वा सडकखण्डमा प्रहरीले बीआर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

प्रहरीले स्रोत नखुलेको एक हजार दरको १७ सय ७२ थान र ५ सयको दरका १५ सय २६ थान नोट फेला पारेको हो ।

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया