बिहीबार, वैशाख १३, २०८१

‘नेकपा’ को विवादबारे सर्वोच्चमा बहस हुँदै, मुद्दाको फैसला आजै आउने सम्भावना

नेपालखोज २०७७ फागुन १३ गते १३:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो । उक्त मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ । मुद्दामा बहस भएसँगै नेकपा ओली समूहका कार्यकर्तामाझ नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ ।

प्रतिक्रिया