बिहीबार, वैशाख १३, २०८१

नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा

नेपालखोज २०७७ फागुन १३ गते १४:३०

काठमाडौं । साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा  कविता सो कृतिमा समाविष्ट छन् । ती कविता कुनै तीन, कुनै चार र कुनै पाँच हरफका छन् । हाइकू, तान्का शैलीका छोटा यस्ता कवितामा ठूलो भाव र विचार कविले दिन खोजेका छन् । 

सम्बोधिमा समावेश भएका लघुकविता गोलढुङ्गाको पुरानो गुजेश्वरीको बसाइमा लेखिएका हुन् । उनी त्यहाँ बस्दा गम्भीर बिरामी भएर मोडेल अस्पतालमा उपचार गराएर फर्किएपछि लेखिएको काव्य हो । आकृतिप्रकृति प्रकाशक रहेको यस कृतिको भूमिकामा लेखक सहप्राध्यापक एवम् समालोचक डा हरिप्रसाद सिलवालले कृतिमा असमानताका असरल्ल अनुहारलाई कविताको कला र विचारको बाढीले बगाउँदै र पाइलापाइलामा फुत्किन खोजेका जिन्दगीका धागाहरूमा आशाका रेखाहरू कोरिएको जनाए ।

प्रतिक्रिया