शनिबार, वैशाख १५, २०८१

गुल्मीमा कोरोना संक्रमितको संख्या शून्य

नेपालखोज २०७७ फागुन १३ गते १५:१६

गुल्मी । गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । योसँगै गुल्मी कोरोना संक्रमणमुक्त भएको जिल्ला भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जनाएका छन् ।

जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ । गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो भने संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।

जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको तथ्याङ्क अनुसार ४ हजार १७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले बताए ।

प्रतिक्रिया