शुक्रबार, वैशाख १४, २०८१

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा चित्रकला तथा निवन्ध प्रतियोगिता सम्पन्न

नेपालखोज २०७७ फागुन १३ गते १८:००

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा विविध कार्यक्रम गर्ने क्रममा चित्रकला तथा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

बिहीबार नागपोखरी हात्तीसारस्थित अरण्य वुटिक होटलमा निबन्ध तथा चित्रकलाको आयोजना गरिएको थियो, भने नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक थापाले आजभोलिका युवाहरु अनुशासनहीन र गैरजिम्मेवार भएको आरोप आउने गरेको तर आफू त्यसको बिरोधी रहेको बताए । चित्रकला प्रतियोगिताको उदाहरण दिँदै उनले युवाहरुले सयौं वर्षको अवधिलाई चित्रमार्फत् नै देखाएको तथा युवाहरु झन् वौद्धिक र चेतनशील भएको उनले बताए ।

महानिरीक्षक थापाले एक प्रतियोगिलाई आफूले लगाउने निलो बर्दिको रंगको अर्थ के हुन्छ ? भनेर जिज्ञासा राखेको र जवाफमा निलोको अर्थ चिसो र वौद्धिक भएको आफूले थाहा पाएको बताए । निलो रंगको अर्थलाई जोडेर उनले भने–प्रहरीहरुको व्यवहार चिसो हुन्छ भनेर समाजले स्वीकार गर्छ, तर प्रहरी वौद्धिक हुन्छ भनेर चाहिँ नस्वीकारेको गुनासो गरे ।

साथै कार्यक्रममा निबन्ध तथा चित्रकलाका विजयी प्रतियोगिलाई महानिरीक्षक थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया