माटो परीक्षण गर्न सार्वजनिक डिजिटल नक्सामा पहिलो दिनै समस्या
काठमाडौं । सरकारले माटो परीक्षण गर्न सार्वजनिक गरेको डिजिटल नक्सामा पहिलो दिनै समस्या देखिएको छ । परीक्षणका लागि बुधवार मात्र सार्वजनिक गरेको डिजिटल नक्सामा सर्भरमा बिहीवार नै समस्या आएपछि किसानले हेर्न पाएका छैनन् ।
सर्भर र अरू केही अवरोध आएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ माटो विज्ञ श्रीप्रसाद विष्टले जानकारी दिए। नयाँ कुरा भएकाले धेरैको चासो भएर एकैपटक खोलेकाले समस्या आएको हुन सक्ने उनको भनाइ छ ।
एक पटकमा चार सयदेखि ६ सय जनासम्मले हेर्न मिल्ने क्षमताको बनाइएको छ । तर नयाँ कुरा भएकाले धेरैले हेर्दा ओभर लोडका कारण समस्या भएको उनले बताए । बिहीवार साढे १ बजेसम्ममा ३५ सयभन्दा धेरैले डिजिटल नक्सामार्फत् माटो परीक्षण गरिसकेका छन् ।
सर्भरको क्षमता बढाउनेबारे छलफल भइरहेको उनले बताए । अबको दुईरतीन दिनमा सबै समस्या समाधान गर्ने गरी काम थालिएको उनको भनाइ छ ।
प्रतिक्रिया