शनिबार, वैशाख १५, २०८१

जोखिम भत्ता नपाए आन्दोलन गर्ने त्रिविका चिकित्सकको चेतावनी

नेपालखोज २०७७ फागुन १३ गते २०:०५

काठमाडौंं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गर्दै एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’

काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया