बिहीबार, वैशाख १३, २०८१

आज शुक्रबार महालक्ष्मी देवीको पूजा आराधना गर्नुहोस धन लाभ हुनेछ

नेपालखोज २०७७ फागुन १४ गते ५:००

आज शुक्रबार, आजका दिन हिन्दु धर्मावलम्बीहरूले धनकी देवी महालक्ष्मी देवीको पूजा गर्ने गरेका छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतारहरु सन्तोषी माता, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा आराधना गरिन्छ ।

आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ । आजका दिन महालक्ष्मी देवीको पुजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

लक्ष्मी शब्दको अर्थ
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ । “श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।” हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् ।

विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।

प्रतिक्रिया