बिहीबार, चैत १५, २०८०

अमेरिकाद्वारा इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण

नेपालखोज २०७७ फागुन १४ गते १०:११

काठमाडौँ  । अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ ।

समाचार एजेन्सी संस्था रोयटर्सका अनुसार बिहीवार सो हवाई आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् ।

आक्रमणमा के कति क्षति भयो भन्नेबारे खुलाइएको छैन ।

यसलाई इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारवाहीका रुपमा लिइएको छ ।

गतहप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए भने र एक गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

प्रतिक्रिया