शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा फेरि बर्ड फ्लू भेटियो

नेपालखोज २०७७ फागुन १४ गते ११:११

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको बताइएको छ ।

यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको टोलीले जनाएको छ । तारकेश्वर नगरपालिका–१ मा बर्डफ्लुका कारण यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

यस्तै काठमाडौंसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन–कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्यन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।

प्रतिक्रिया