शुक्रबार, चैत १६, २०८०

एक प्रकारको औषधि नै हो काँक्रो

नेपालखोज २०७७ फागुन १४ गते ११:४३


काठमाडौं । बिस्तारै गर्मी बढ्दै छ । गर्मीको समय आफ्नो स्वास्थ्यको ख्याल राख्नु अत्यन्तै आवश्यक रहन्छ । यसको लागि खानपिनको ध्यान दिनु जरुरी हुन्छ । यस्तो खानपिन मध्ये काँक्रो पनि एक हो । यो गर्मीको समयमा स्वस्थ रहन अत्यन्तै लाभदायक खाने कुरा हो । यसले शरीरलाई शीतल बनाउन मद्धत गर्नुको साथै यसमा ९० प्रतिशत पानी हुने भएकाले शरीरमा पानीको कमी हुन नदिन समेत टेवा दिन्छ ।

शरीरमा पानीको कमी पूरा गर्ने यो खाद्य वस्तु सर्वप्रथम अमेरिकामा उत्पादन भएको मानिन्छ । सुरुवाती चरणमा काँक्रो बर्गरमा राखेर खानको लागि मात्र प्रयोग गरिए पनि पछि यसको महत्व पत्ता लागेपछि खाना पचाउन र गर्मीबाट बच्न र खचारको रुपमा प्रयोग गर्न थालियो । सलादको रुपमा भने निकै पछि मात्र प्रयोग गर्न थालिएको हो । हाल आएर भने मानिसले काक्रोलाई विभिन्न तरिकाले प्रयोग गर्ने गर्दछन् । सलादको रुपमा, जुस बनाएर, स्याण्डवीचमा राखेर एवं नुन छर्किएर त्यतिकै खाएर वा अचारको रुपमा समेत यसको प्रयोग गरिँदै आएको छ । काक्रोमा भिटामिन ए, बी१, बी ६, सी, डी पोटासियम, फस्फोरस, आयरन आदि तत्वहरुको समावेश हने कारण स्वास्थ्यको लागि अत्यन्तै लाभदायक हुन्छ । अझै आर्गानिक काँक्रो हातमा पर्नु भनेको त आयु नै बढाउनु हो ।

कांक्रामा पाइने भिटामिन बी तत्व यति लाभदायक छ कि जसले तपाईंको शरीरलाई लगातार उर्जा दइरहन्छ । यसले डिहाइड्रेशनबाट पनि बचाउन सहयोग पुर्याउने भएकोले गर्मीमा यसको लाभको व्याख्या गरिसाध्य छैन । खानालाई राम्ररी पचाई खराब ग्याँसहरुलाई यसले बाहिर निकाल्नसमेत मद्धत गर्छ । पाचन पक्रिया राम्रो बनाउन चाहने मान्छेको लागि यो एक प्रकारको औषधि ने हो भन्नमा कुनै अप्ठेरो मान्न पर्दैन ।
काँक्रोमा एक प्रकारको स्टेरराला नामक यौगिक तत्व समेत रहेको हुन्छ । जसले आजको मानिसमा बढिरहेको कोलेस्ट्रोलको समस्यालाई कम गर्न सहयोग पुर्याई रोगी हुनबाट बचाउँछ । यसलाई रोगबाट बचाउने ओषधिको रुपमा आयुर्वेदमा व्याख्या गरिएको छ । आयुर्वेदलाई विश्वास गर्ने हो भने काँक्रोको नियमित सेवन गर्ने मान्छेमा पथ्थरी र पिशाब सम्बधी रोगले कहिले पनि आक्रमण गर्दैन । यस्तो लाभदायक काँक्रो तपाईंको भान्छामा नियमित प्रयोग हुन्छ भने सम्झनुहोस् तपाईं निरोगी भएर बाँचिरहनु भएको छ ।

प्रतिक्रिया