बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे वामदेव

नेपालखोज २०७७ फागुन १४ गते १६:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् ।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए ।

पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष वामदेव कुनै समूहमा लागेका थिएनन् ।

प्रतिक्रिया