बिहीबार, वैशाख ६, २०८१

ओली नेतृत्वको सरकारले मुलुकलाई सही गन्तव्यमा पुर्‍याउने छः सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०७७ फागुन १४ गते २०:३०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताएका छन्।

शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताएका हुन्।

राष्ट्र र राष्ट्रियताको निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उनको भनाइ छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने उनले दावी गरे।

उनले भने, ‘अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन। सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदासदा काम गर्छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पुर्‍याउने छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु।’

प्रतिक्रिया