सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
नेपालखोज
२०७७ फागुन १५ गते ७:५७

सुनसरी । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी–१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो ।
गएराति पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया