शुक्रबार, वैशाख १४, २०८१

साउदीका युवराजको आदेशमा पत्रकार खशोग्जीको हत्या भएको खुलासा

नेपालखोज २०७७ फागुन १५ गते ८:५३

एजेन्सी । पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ ।

राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ । तर साउदीका युवराज मोहम्मदले भने खशोग्जीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् ।

पत्रकार खशोग्जी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका थिए । खशोग्जी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए ।

पत्रकार खशोग्जी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए । खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो । 

प्रतिक्रिया