बिहीबार, वैशाख १३, २०८१

म्यान्मारमा जापानी पत्रकार पक्राउ

नेपालखोज २०७७ फागुन १५ गते ११:५५

एजेन्सी । म्यान्मारको जुन्ता सरकारविरूद्धको आन्दोलनमा रिपोर्टिङ गर्न गएका पत्रकारलाई पक्राउ परेका छन् । शुक्रबार दोस्रो सबैभन्दा ठूलो सहरमा म्यान्डेलीमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका जापानी पत्रकारलाई पक्राउ गरेको हो ।

जापानको क्योडो समाचार एजेन्सीका अनुसार उनलाई हिरासतमा लिएर केही समयपछि छाडिएको छ । यता राजधानी नेपिटो पुगेका पत्रकारहरुलाई पनि पक्राउ गर्ने प्रयास गरेको जनाइएको छ ।

तस्वीर क्यामेरामा कैद गर्दैगर्दा सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न खोजेको हो । ‘सैन्य कू’पछि सडक आन्दोलनमा समाचार बनाउन खटिएका पत्रकारमाथि हस्तक्षेप गर्ने सुरक्षाकर्मीको यो प्रयास पहिलो होइन ।

केही दिनअघि मात्रै मिचिनामा कार्यरत विभिन्न सञ्चार संस्थाका पत्रकारलाई प्रहरीले आक्रमण गरेको ऐरावती दैनिक पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया