नेमार मैदान फर्किए
नेपालखोज
२०७७ फागुन १५ गते १२:०५
काठमाडौं । लामो समयदेखि चोटकाकारण आराम गरिरहेको फुटबलर नेमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । पेरिस सेन्ट जर्मन पीएसजीका स्ट्राइकर नेमार टिमको नियमित प्रशिक्षणमा फर्किएका हुन् ।
च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको तयारीमा रहेको टिमको प्रशिक्षणमा नेयमार पनि सहभागी भएेपछि उनले बार्सिलोना विरुद्ध खेल्न सक्ने आँकलन गरिएको छ । उनले तिघ्राको चोटका कारण पहिलो लेग गुमाएका थिए । अब दोस्रो लेगमा भने नेमारले खेल खेल्ने संभावना रहेको छ ।
पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोको अनुसार प्रशिक्षणमा सहभागी नेमारले बार्सिलोनासँग हुने प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । पहिलो लेगका धेरै खेल नेमारले चोटका कारण गुमाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया