मंगलबार, वैशाख ४, २०८१

ओलीले आफूलाई महाराजा ठाने : प्रचण्ड

नेपालखोज २०७७ फागुन १५ गते १४:०८

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजा ठानेको आरोप लगाएका छन् । नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलाहरुलाई शनिबार सम्बोधन गर्दै दाहालले ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि नसहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

‘बैठकमा बस्नु पनि नपर्ने । अरुका कुरा सुन्न पनि नपर्ने । आलोचना पनि गर्न नहुने’, दाहालले भने, ‘यो त हिजोका महाराजधिराजको चरित्र हो ।’ ओली अहिले कम्युनष्टि वर्गको नरहेने प्रचण्डको आरोप छ । ओलीको वर्ग अर्कै भएको भन्दै दाहालले हिजोदेखि कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्‍यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनको आरोप छ ।

कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धव्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेको उनको भनाइ छ । शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा हाम्रो माटोको भूमिका रहेको उनको दाबी छ ।

धेरै नेताहरुको जन्म शिक्षकबाट भएको भन्दै उनले विगतमा भूमिगत र खुल्ला रुपमा शिक्षकहरु राजनीतिक चेतनाको प्रवाहर भएको बताए । ‘मैले पनि तीन वर्ष शिक्षण पेशमा बिताएँ । अनि म पूर्णकालीन कम्युनिष्ट आन्दोलनमा लागेको हुँ । म जस्ता धेरै साथीहरु छन्’, दाहालले भने ।

एमालेलाई बहुमत दिलाउने र ‘जनयुद्ध’लाई गाउँ गाउँमा पुर्‍याउनुमा शिक्षकहरुको भूमिका भएको भन्दै उनले शिक्षकको प्रशंसा गरे । समाजवादउन्मुख संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै दाहालले गाउँ, नगर र टोल-टोलदेखि सबैसँग सम्वन्वय गरेर जनताको जीवनस्तर उकास्दै लैजानुपर्ने बताए ।

प्रतिक्रिया