बिहीबार, वैशाख १३, २०८१

अमेरिकी गुप्तचर निकायद्वारा प्रतिवेदन सार्वजनिक

नेपालखोज २०७७ फागुन १५ गते १४:३३

एजेन्सी । साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ ।

गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो ।

उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठहर्‍याइएको समाचारमा जनाइएको छ । साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्गी एक चर्चित पत्रकार तथा लेखक थिए । उनी ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत थिए भने वासिङटन पोष्टका स्तम्भकार भएर पनि काम गरेका थिए ।

खाशोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उनी सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिर बसेर पनि साउदी अरेबिया सरकार र युवराज सलमानको आलोचना गर्दै समाचार तथा लेखहरु लेख्दै आएका बताइएको थियो ।

पछिल्लो समय वासिङटन पोस्टमा नियमित स्तम्भ लेख्दै आएका उनको हत्याको हत्या सन् २०१८ मा टर्कीको स्तानबुलमा भएको थियो । सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूताबासमा उनको हत्या भएको थियो । उनी टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा रहेको बताइएको थियो ।

उनको हत्यापछि त्यहाँ कार्यरत आठ जनाभन्दा बढी टर्की र साउदी अरेबियाका कर्मचारीलाई पक्राउ गरी कारबाही थालिएको छ । साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजायँ सुनाएको छ ।

त्यसैगरी अरु तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजायँ सुनाइएको थियो । गत सेप्टेम्बरमा उनीहरु विरुद्ध सो कारबाही सुनाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उता शुक्रबार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ । साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा संलग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ ।

प्रतिक्रिया