मंगलबार, वैशाख ४, २०८१

बी’ डिभिजन लिग : आजका दुवै खेल बराबरीमा सकिए

नेपालखोज २०७७ फागुन १५ गते १८:४५

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिएका छन् ।

एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्बल र श्री भगवती क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका गुमाएपछि अंक बाड्न बाध्य भए । श्री भगवती नवौँ स्थानमा छ भने पुल्चोक पुछारमा रहेको छ ।

आजको दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि गोलरहित बराबरी खेलेका छन् । बाँसबारीले खेलमा थुप्रै राम्रा मौका पाए पनि गोल गर्न सकेन । बाँसबारी १५ अंकका साथ तेस्रो र श्री कुमारी सात अंकका साथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया