शुक्रबार, वैशाख १४, २०८१

कैलालीमा युवकको हत्या आशंकामा १२ जना पक्राउ

नेपालखोज २०७७ फागुन १५ गते १९:३७

कैलाली । कैलालीमा मृत अवस्थामा फेला परेका युवकको हत्या आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाएको छ ।

गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना गत शनिवार गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका युवक शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ ।

प्रतिक्रिया