बुधबार, वैशाख १२, २०८१

आजको मौसमः पहाडी भेगमा बर्षाको सम्भावना

नेपालखोज २०७७ फागुन १६ गते ८:१६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारदेखि भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया