शुक्रबार, चैत १६, २०८०

दिपक लिम्बुको ‘बाटो काटिएला’ सार्वजनिक

नेपालखोज २०७७ फागुन १६ गते १०:३५

धरान । नेपाली तारा दिपक लिम्वुले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन्। ‘बाटो काटिएला’ बोलको गीत म्युजिक भिडियो सहित गायक दिपक लिम्बुले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।


भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छन् ।

उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ । तारा प्रकाश लिम्वुको संगित, वि.पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ । सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्वुले सहनिर्देशन गरेका छन् ।

प्रतिक्रिया