शुक्रबार, वैशाख ७, २०८१

हामीले मुकेशको घर अघि बम राखेका हौं भन्दै जैश उल हिन्दले स्वीकार गर्यो

नेपालखोज २०७७ फागुन १६ गते १०:४४

मुम्बइ। रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घरबाहिर बम सहितको गाडी पार्क गरेको जिम्मेवारी आतंकवादी संगठन जैश उल हिन्दले लिएको छ ।

संगठनले यससँग सम्बन्धित पोस्टहरू सोशल मिडियामा पोस्ट गरेको छ।

केही दिनअघि सोही संगठनले दिल्लीस्थित इजरायली दूतावास बाहिर विस्फोटको जिम्मेवारी लिएको थियो ।

तर, मुम्बइ प्रहरीले भने दाबी पुष्टि गरेको छैन । मिडिया रिपोर्टमा यसलाई आतंककारी संगठनको प्रचार स्टन्टको रूपमा लिइएको छ।

प्रतिक्रिया