मंगलबार, वैशाख ११, २०८१

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने

नेपालखोज २०७७ फागुन १६ गते १०:५६

म्याग्दी । मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरको छाना फेरेर पित्तलले छाउने निर्णय गरिएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो।

बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिर दोस्रो पशुपतिनाथका नामले पनि चिनिन्छ। मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए। बाँकी अपुग रकम कोषको आन्तिरक स्रोतबाट खर्च गरिने उनले बताए।

सभामा कोषाध्यक्ष बमवहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी २ करोड ८६ लाख २० हजार ७२८ रुपैयाँ आम्दानी र  १९ लाख ६७ हजार ८१४ रुपैयाँ खर्च भई कोषमा कुल २ करोड ६६ लाख ५२ हजार ९१३ रुपैयाँ बचत रहेको जानकारी गराएका थिए।

प्रतिक्रिया