बुधबार, वैशाख १९, २०८१

फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर

नेपालखोज २०७७ फागुन १६ गते १३:५५

पोखरा । फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरिएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेश सरकारले २ कात्तिक ०७७ मा जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेलले आफ्नो सरकारको प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको थियो । नेपाल सरकारले सोहीबमोजिम ९ सदस्यीय समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्तसमेत तोकी पठाएको थियो ।

नेपाल सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवं समुचित प्रयोग गर्न सुझाबसमेत दिन गठन भएको समितिले तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकनपछि तालको भौगोलिक सीमा ८३ डिग्री ५५’४.७१ पूर्वी देशान्तरदेखि ८३ डिग्री ५८’१०.५२ पूर्वी देशान्तरसम्म फैलिएको छ । यसैगरी २८ डिग्री ११’४४.२९ उत्तरी अक्षांशदेखि २८ डिग्री १३’५६.२१ उत्तरी अक्षांशभित्र फैलिएको छ । जसअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जाने समितिको प्रतिवेदनमा छ ।

प्रतिक्रिया