मंगलबार, वैशाख ४, २०८१

सूचना चुहाएको आरोप गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

नेपालखोज २०७७ फागुन १६ गते १४:५७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइएपनि उनी प्रचण्ड नेपाल समूहमा गएको र सूचना चुहाएको आरोपलाई पदमुक्त गरिएको अभियोगमा हटाइएको बुझिएको छ ।

गृहमन्त्री थापाले तामाङलाई दिएको पत्रमा भनिएको छ, ‘तपाईं मेरो स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत रहिरहनुभएकोमा मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ ।’

प्रतिक्रिया