सोमबार, वैशाख १५, २०८२

बच्चाले झुटो बोलेर हैरान अभिभावकलाई पनि थोरै राहत

नेपालखोज २०७७ फागुन १६ गते १५:१४


काठमाडौं । के तपाईं आफ्नो बच्चाले झुटो बोलेको कारण दिक्क हुनुहुन्छ ? अब चिन्ता नलिनुहोस् किनकी बचपनमा झुट बोल्ने बच्चा पछि गएर बुद्धिमान् निस्कने एक अध्ययनले देखाएको छ ।

नडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनमा यस्तो पत्ता लागेको उसले दाबी गरेपछि यो कुरा बाहिरिएको हो । सो अध्ययनको निष्कर्षलाई मान्ने हो भने सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर रचनात्मक क्षमता अरु बच्चाको तुलनामा राम्रो हुन्छ ।

सो अध्ययनको यस्तो दाबीले बच्चाले झुटोे बोलेर परेसान अभिभावकहरुलाई थोरै राहत मिलेको छ ।

नडाको टोरन्टो विश्वविद्यालयका प्राध्यापक क्याङ लीको कुरा पत्याउने हो भने आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने सोचले डराए पनि अनुसन्धानको नतिजाले सानो उमेरमा झुटो बोल्ने र ठूलो भएपछि झुटो बोल्ने मानिसमा अन्तर हुने हुन्छ ।

सानैमा झुटो बोल्ने बच्चाको बुद्धि छिटो विकास हुने पनि सो अध्ययनको दावी छ । सुन्दा अचम्म लाग्ने यस्तो दाबीले झुटो बोल्ने बच्चाको अभिभावकलाई थोरै राहत मिलेको छ ।

प्रतिक्रिया