बिहीबार, चैत १५, २०८०

प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि तयारी

नेपालखोज २०७७ फागुन १६ गते १५:४६

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गरेसँगै बैठक सञ्चालनकालागि तयारी अगाडि बढाइएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्ने छ ।

चिकित्सकसहित टोली र संसद् सचिवालयका कर्मचारीले आइतबार भवनको निरीक्षण गरी आगामी प्रतिनिधिसभाको बैठकका लागि भौतिक दूरी र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी बैठक बस्ने तयारी गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनर्स्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया