शनिबार, वैशाख ८, २०८१

घुस लिन नमान्ने १८ ट्राफिक प्रहरी सम्मानित

नेपालखोज २०७७ फागुन १६ गते १६:३३

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्बाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरु मध्य छ जनालाई नगद सहित बृद्धि बिकासमा समेत सहयोग हुनेगरि अभिलेखमा जनिने गरि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेकाछन् ।

कार्यक्रममा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रहरीले आर्थिक् शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित निर्देशन दिँदै आएको बताएका छन् । सोही कारण घुष दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको भट्टराईले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन । प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उनले बताए । यस आ.ब.मा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।

प्रतिक्रिया