बिहीबार, वैशाख १३, २०८१

रुपन्देही ट्राफिक प्रहरी आफ्नै भवनमा

नेपालखोज २०७७ फागुन १६ गते १८:४४

रुपन्देही । रुपन्देही ट्राफिक प्रहरीले आफ्नै भवनमा कार्य सञ्चालन गरेको छ । रुपन्देहीका उद्योगी व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको सहयोगमा झण्डै १ करोड ५० लाख भन्दा बढीको लगानीमा बनेको हो । उक्त भवन एक कार्यक्रमका बीच उद्योगी व्यवसायीहरुले हस्तान्तरण गरेका छन् ।

भैरहवामा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्मित भवनको उदघाटन गरेका थिए । ट्राफिक प्रहरीले सर्वसाधारणसँग जहिले पनि मिठो बोल्नुपर्ने तथा आचरणमा शिष्टता हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा सिद्धार्थ नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, डिआइजी रबिन्द्र धानुकलगायतले आ–आफ्ना धारणाहरु राखेका थिए । आफ्नै भवन पाए पछि व्यवस्थित बनेको रुपन्देही ट्राफिकको नेतृत्व दिवश जीसीले गरिरहेका छन् ।

रूपन्दहीबाट देवकुमार कुवर

प्रतिक्रिया