बुधबार, असार १८, २०८२

कारागारका नाइके विवादको विषयलाई लिएर दुई कैदी समूहबीच झडप, ६ जना घाइते

नेपालखोज २०७७ फागुन १६ गते २०:२३

तनहुँ । कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ।

घटनाको सम्बन्धमा तनहुँमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल, कारागार प्रशासनबीच छलफल भइरहेको छ । यद्यपि घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले कुनै सूचना दिएको छैन ।

‘कारागारभित्र सामान्य विवाद भएको हो’, तनहुँका प्रवक्ता युवराज तिमिल्सेनाले भने, ‘कारागारभित्र त्यस्तो केही भएको छैन ।’

प्रतिक्रिया