बुधबार, वैशाख २६, २०८१

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन १७ गते १०:०५

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् । यसका लागि प्रधानमन्त्री ओली बिहान साढे ११ बजे पोखरा जाँदैछन् ।

ओली पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओली पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुने नेकपा प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले जानकारी दिए ।

फागुन १५ गतेलाई अमरसिंह चौरमा तय गरिएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज कार्यकर्ता भेला गर्न लागिएको हो ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशाला जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल स्टेडियमसहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्टलगायत खेल पूर्वाधारको निरीक्षण गर्ने नेकपा प्रदेश कमिटीका सचिव नेपालीले जानकारी दिए ।

प्रतिक्रिया