बिहीबार, वैशाख ६, २०८१

अयोध्याको राम मन्दिर बनाउन २१ करोड भारतीय रुपैंया जम्मा

नेपालखोज २०७७ फागुन १७ गते १०:१८


काठमाडौंं । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि २१ सय करोड भारतीय रुपैयाँ जम्मा भएको छ । रामको जन्मभूमि दावी गरिएको ठाउँमा मन्दिर बनाउनका लागि उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले अयोध्यामा राम मन्दिर निर्माणको लागि आफ्नो बैंक खातामा अहिलेसम्म २ हजार १०० करोड भारतीय रुपैयाँ जम्मा भएको जनाएको छ । ट्रस्टका कोषाध्यक्ष गोविन्द देव गिरिले उक्त घोषणा गरेका हुन् ।

कोषाध्यक्ष गिरिले भगवान् रामको भक्तहरूद्वारा उक्त सहयोग रकम उठेको र विदेशमा रहेका भारतीयहरुले पनि सहयोग संकलन गरिदिनका लागि माग गरेको बताएका हिन्दुस्तान टाइम्सले लेखेको छ ।

प्रतिक्रिया