शुक्रबार, वैशाख ७, २०८१

बाबुराम भट्टराईको ट्युमरमा क्यान्सर भएको छैन : चिकित्सक

नेपालखोज २०७७ फागुन १७ गते १०:२७

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्यूरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्यूरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका हुन् ।

तर, उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।
दुई–तीन महिनाभित्रै ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएको भट्टराईको प्रेस सल्लाहकार पाण्डेले बताए ।

न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार फागुन ९ गते दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउन गएका भट्टराई भोलि (मंगलबार) स्वदेश फर्कने भएका छन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

प्रतिक्रिया