शुक्रबार, वैशाख १४, २०८१

प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक : स्थायी र कन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

नेपालखोज २०७७ फागुन १७ गते ११:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी र कन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया