बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै

नेपालखोज २०७७ फागुन १७ गते १२:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार अर्थात् फागुन १९ गते बस्ने भएको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ ।

सर्वाेच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया